दफा ३७
अरू काम लगाउन वा रकम लिन नहुने
जग्गावालाले उचित मजुरी नदिई मोहीलाई बेठ बेगारी इत्यादि कुनै किसिमको काम लगाउन वा जग्गा कमाउन दिए वापत कूत बाहेक अरू कुनै किसिमको रकम लिन हुँदैन ।